बिराटनगरबाट काठमाडौं आएको डिलक्स बस ईटहरीमा १:३० घण्टा रोकेर गाडीको प्यासेजमा रहेको बेन्च र मुडा समेत भरियो। सोचें, चाडवाडको बेला हो सबैलाई जानै छ। जब भान्टावारी आईपुग्यो, थप १३ जना भारतियलाई कण्डक्टरले भाडामा मोलमोलाई गर्दै भित्र हुले। अबचाहिँ गाडिभित्रै उकुसमुकुस हुन थाल्यो..
-
Show this thread
-
चल्नेचटपटाउने ठाउँ नभएर दुंदुङ्ति पसिना गनाउन थालेपछि बरमजियाबाट १०० मा डायल गरेँ, चाहना थियो कम्तिमा प्रहरिले जरिवानाको रसिद थमाईदियोस्, तर प्रहरीको जवाफ सारांसमा यस्तो थियो: “ड्राईभर/खलासिले २-४ पैसा कमाउने बेला यहि हो, एडजस्ट गर्नुस्, पछि पनि त्यस्तै भैराखे खबर गर्नुहोला”
1 reply 0 retweets 2 likesShow this thread -
यस्तो गैरजिम्मेवार जवाफ दिन पाईन्छ र?
@NepalPoliceHQ@Hello_Sarkar1 reply 0 retweets 3 likesShow this thread -
Replying to @BiswasBabuKU @NepalPoliceHQ
बस नं. , बसकाे फाेटाे , र नजिकैकाे प्रहरी कार्यालयकाे ठेगाना उपलब्ध गराएमा कार्बाहि गर्न सम्भव हुने थियाे । गुनासाेकाे लागि धन्यवाद ।
1 reply 0 retweets 0 likes -
Replying to @Hello_Sarkar @NepalPoliceHQ
बिराटनगर-काठमाडौं फिफा डिलक्स, सप्तरी १०० प्रहरी कन्ट्रोलमा फोन गरिएको, कन्डक्टरको मोबाईल नं: ९८२९३१२५४५ कार्तिक ७ गते, बेलुका ७:१७ बजे १०० मा फोन उठाउने प्रहरी, आवाज तराई मूलको जस्तो थियो, कम्तिमा गुनासोकर्ताले गुनासो गरिसकेपछि जवाफदेहि हुन भनिदिनुहोला, अरु केहि चाहिएन।
1 reply 0 retweets 0 likes
श्री नेपाल प्रहरी: @NepalPoliceHQ : के भएको हो, बुझी कारवाही गर्नुहुन | धन्यवाद |
Loading seems to be taking a while.
Twitter may be over capacity or experiencing a momentary hiccup. Try again or visit Twitter Status for more information.